२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ज्ञवाली



अ+ अ-

नेपालगञ्ज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।

‘एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुन्छ,’ नेकपा ९एमाले० बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित वृहद कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।

उहाँले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उहाँको भनाई थियो ।

कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा ९एमाले० अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताउनुभयो ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल , एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २९क० बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गर्नुभयो ।