१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

फिनल्याण्डका नेपाली भन्छन्– युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

फिनल्याण्डका नेपाली भन्छन्– युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी
अ अ+ अ-

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन् । फिनल्याण्डमै जन्मिएर विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २९ वर्षीय अरुण शर्माले का नागरिकसहित नेपाली पनि मूल्यवृद्धिको मारमा परेको बताउनुभयो ।

सामाजिक सुरक्षा राम्रो भए पनि झण्डै दोब्बर भएको मूल्यवृद्धिले हरेकलाई दुःख दिएको छ । शर्माको परिवार विगत ४० वर्षदेखि फिनल्याण्डमै छ । युएनडिपीको ‘वल्र्ड ह्याप्पीनेस इन्डेक्स’का अनुसार फिनिस नागरिक विश्वका अन्य देशका नागरिकभन्दा खुसी छन् । तर युद्धकै कारण अवस्था फेरिँदै गएको छ । जग्गा र घर खरिद गर्नेभन्दा आर्जन गरेको रकम रेस्टुरेन्ट तथा होटलमा गएर खर्च गर्ने, विभिन्न खेलमा रमाउने संस्कार भएका फिनिस नागरिकको दैनिकीमा परिवर्तन आएको छ । उनीहरुले खर्च कम गर्न थालेका छन् । घुम्ने र रमाउने बानी परेका फिनिस नागरिक बचतमा लागेका छन् । युद्धका नकारात्मक समाचार आउन थालेपछि झन् उनीहरु पहिलेजस्तो रमाउन पनि छाडेका छन् । युद्धका कारण सामाजिक एवं आर्थिक समस्या निम्तिएकाले उनीहरुको संस्कारमा समेत परिवर्तन आउन थालेको देखिएको हो ।

हेल्सिन्कीको ‘डाउन टाउन’स्थित माउन्ट एभरेष्टमा काम गर्दै आएका शर्माले भन्नुभयो, “यहाँका नागरिकले पनि पैसा खर्च गर्न छोडे, बचतमा लागेका छन् ।” उहाँका अनुसार दैनिक उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएका कारण उनीहरु खर्च कटौती गर्दैछन् । सोही कारण फिनिस अर्थतन्त्रमा नै समस्या देखिन थालेको पाइएको छ ।

यहाँको आन्तरिक र बाह्य व्यापारका धेरै असर देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको छ । ग्यास बिक्री गर्ने कम्पनीले पहिले रुसबाट ग्यास ल्याएर बिक्री गर्दै आएकामा अहिले त्यहाँबाट ग्यास नआएपछि अन्य क्षेत्रबाट आएको ग्यास महङ्गो मूल्यमा बिक्री गरिहेका छन् ।

हेल्सिन्कीको वर्तमान वास्ताविक तथ्य प्रस्तुत गर्दै अरुण शर्माले भन्नुभयो, “यही २०२२ फेब्रेवरी २४ देखि मूल्यवृद्धि उच्च भएको छ । यस अवधिमा यहाँ नौ दशमलब पाँच प्रतिशतको मूल्यवृद्धि छ ।” त्यसैगरी पर्यटक आउने सङ्ख्या ह्वात्तै घटेको छ । विगत सात वर्षदेखि हेल्सिन्की बस्दै आएका सागर खरेलले धेरै खर्च गर्ने रुसी पर्यटक फिनल्याण्ड आउन छोडेको बताउनुभयो ।

महँगीले फिनल्याण्डका सबै क्षेत्रलाई असर गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दैनिक उपभोग्य वस्तु महँगो भएको छ । तलब बढेको छैन । पहिले थोरै पैसाले धेरै पाइन्थ्यो भने अहिले त्यस्तो छैन ।” खरेलका अनुसार यहाँको पैसा सस्तो हुँदै गएको छ । युरो र डलर लगभग एउटै छ । पहिला त्यस्तो थिएन ।

विगत १० वर्षदेखि हेल्सिन्की बस्दै आएका मुरारी भण्डारीका अनुसार फिनल्याण्ड र रसियाबीचमा जनस्तरको सम्बन्ध छ । त्यसैले युरोपका अन्य मुलुकभन्दा फिनल्याण्डमा धेरै असर परेको छ । उहाँले भन्नुभयो, “फिनल्याण्ड र रसियाको सम्बन्ध भनेको नेपाल र भारतको जस्तै हो । सबै क्षेत्रमा असर परेको छ । रसियाबाट पर्यटक आउने गर्थे तर अहिले त्यस्तो छैन ।”

त्यसैगरी फिनल्याण्ड विगत ४० वर्षदेखि बस्दै आउनुभएका भक्तिराम भण्डारीले पनि मूल्यवृद्धिका कारण देशमा असर परेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ । पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ । एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो । यहाँका लागि यो अत्यधिक हो ।”

यहाँका नागरिकले मात्र होइन सरकारले पनि मूल्यवृद्धिको सकस भोग्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तरराष्ट्रिय व्यापार मन्त्री झिल्ले स्किन्नरी बीच मङ्गलबार यहाँ भएको भेटवार्ताका क्रममा पनि मूल्यवृद्धिको विषय प्रवेश पाएको थियो । स्किन्नरीले युक्रेन र रुस युद्धका कारण फिनल्याण्डले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य उच्च भएर र त्यसले यहाँको सामाजिक एवं आर्थिक समस्या निम्त्याएको बताउनुभयो ।

फिनिस नेपाली समाजका सचिव नवीन भट्टराईका अनुसार फिनल्याण्डमा पाँच हजारभन्दा बढी नेपाली बस्दै आएका छन् । सबैभन्दा बढी हेल्सिन्कीमा छन् । यहाँका नेपालीलाई बेरोजगार बस्न त परेको छैन तर पछिल्लो समय मूल्यवृद्धिको समस्याले भने सताएको छ । रासस