९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ



अ+ अ-

काठमाडौं । प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ गरिएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको प्रिमियर स्क्रिनिङ गरिएको हो ।

भदौ ३ गते देशभर प्रदर्शनीमा आउन लागेको चलचित्रले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई चित्रण गरेको छ । वान सिनेमाज् मल्टिप्लेक्समा भएको प्रथम प्रदर्शनीमा कलाकार, निर्देशक, निर्माता, सञ्चारकर्मीदेखि फिल्मकर्मी सहभागी थिए ।
चलचित्रमा बेनिशा हमाल र तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाईली, पवन भट्राई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्र पहिलो फिचर सिनेमा हो । कार्यक्रममा बोल्दै चलचित्रका अभिनेता तेज गिरीले आफूले परीक्षा दिएको अब दर्शकले नै चलचित्रको उत्तरपुस्तिका परीक्षण गर्ने बताउनु भयो ।

बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् ।