• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति

काँग्रेसले गरायो दल दर्ता



काठमाडौँ । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलवार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर काँग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि काँग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

आगामी निर्वाचनका लागि लगभग सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले काँग्रेसले निर्वाचनका लागि अधिकतम सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताउनु भयो ।

उहाँले सहअस्तित्व र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धताअनुसार नै सबैलाई समेट्ने बताउनु भयो । सबैलाई समेटेर जाने क्रममा धेर, थोरमा चित्त बुझाउनु पर्ने बताउनु भयो । उहाँले सहमति र सहकार्य बाट नै देशमा राजनीतिक स्थिरता र मुलुकको समुन्नती खोज्ने यात्रामा लाग्ने बताउनु भयो । उहाँले पार्टीभित्र सिट बाँडफाँटमा न्यायोचित व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले काँग्रेसभित्र धेरै सक्षम नेता भएकोले सबैलाई व्यवस्थापन गर्न गाह्रो भएपनि हेर्दा, देखिँदा र सुन्दा न्यायोचित भएको अनुभुति गराउने प्रतिवद्धता जनाउनु भयो ।

उपसभापति गुरुङले केन्द्रिय पार्टीको केन्द्रिय कार्यसमितिमा १० जना महिला मनोनित गरेको पनि बताउनु भयो । उहाँले माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरु चुनावमा प्रतिष्पर्धा गर्ने कुराले गठबन्धनको भागबण्डामा असर नपर्ने बताउनु भयो । उहाँले गठबन्धन दल भित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने बताउनु भयो । आजबाट आगामी निर्वाचनार्थ आयोगमा दल दर्ताको समय सकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदैछ ।