२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा किसान संगठनद्वारा विभिन्न कृषि ज्ञान केन्द्रहरुमा प्रदर्शनसहित धर्ना



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किसान संगठनले किसानका समस्यालाई लिएर देशका विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रहरुमा प्रदर्शन सहित धर्ना दिएको छ ।

राप्रपाको दोश्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा किसान संगठनले धर्ना दिएको हो ।

असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले असार १३ देखि ३१ सम्म पहिलो चरणको र साउन ११ देखि ३१ गतेसम्म दोश्रो चरणको संघर्षको विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै, छिट्टै तेस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरिने उहाँले बताउनुभयो ।