२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा किसान संगठनद्वारा विभिन्न कृषि ज्ञान केन्द्रहरुमा प्रदर्शनसहित धर्ना



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किसान संगठनले किसानका समस्यालाई लिएर देशका विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रहरुमा प्रदर्शन सहित धर्ना दिएको छ ।

राप्रपाको दोश्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा किसान संगठनले धर्ना दिएको हो ।

असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले असार १३ देखि ३१ सम्म पहिलो चरणको र साउन ११ देखि ३१ गतेसम्म दोश्रो चरणको संघर्षको विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै, छिट्टै तेस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरिने उहाँले बताउनुभयो ।