३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भन्यो डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रविपरीत



अ+ अ-

काठमाडौँ । नेपालले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधान विपरीत भएको बताएको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ भनेको छ ।

युक्रेनको हालैका घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको भन्दै मन्त्रालयले तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू प्रतिस्थापित भएको र सबै सदस्य राष्ट्रले यसलाई पूर्णरूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ।”