३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को उपाधि नम्रता र आशालाई



अ+ अ-

काठमाडौँ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना भएको मिस एण्ड मिसेस ईण्डिजिनियस- २०२१ सिजन-२ को उपाधि नम्रता तामाङ र आशा थापाले जित्न सफल भएका छन् ।

त्यसैगरी मिसेस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, भिउर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राइ, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेस्ट सकिन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भएका छन् भने मिस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, पंचुअल, भिउवर्स चवाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप  मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ, अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी,फ्रेन्डली मिना राइ र इनोसेन्ट गीता मगरले सब टाइटल जित्न सफल भएका छन् । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।

प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगितामा बिशेष अतिथिहरु पूर्व राज्य मन्त्रि पर्शुराम तामाङ, प्रदेश सभासद माननीय प्रकाश चन्द्र दवाडी, माननीय मन कुमारी गुरुङ रहेका थिए। त्यसैगरी उक्त प्रतियोगिताको निर्णायकमा लोकप्रिय नायिका संचिता लुइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशब थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए ।

आदिबासी जनजातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिबासी जनजाति, गृहिणीरव्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको ‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन् ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण  प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट  सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन् । यस सौन्दर्य प्रतियोगीताले बिबाहित तथा अबिबाहित आदिबासी जनजाति बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन् ।