२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेविरुद्ध ८ दलीय गठबन्धन बन्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेविरुद्ध बनेको पाँचदलीय गठबन्धन आगामि चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ ।

गठबन्धनमा वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान र जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी पनि मिसिएपछि पाँचदलीय गठबन्धन सातदलीय बनेको छ ।

पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । अब बाबुराम र वामदेवको नयाँ पार्टि पनि थपिएका छन् । उनीहरूले माओवादीको चुनाव चिन्ह गोलाकारभित्र हसिँया हथौँडा प्रयोग गर्ने सहमति भएको छ ।

माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले आफ्नो केही क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनको लागि भागबण्डाको माग गरेका छन् । गठबन्धनमा यो विषय बारे छलफल गर्ने माओवादी नेताहरूले बताएका छन् । बाबुराम र वामदेवको सर्तबारे भने माओवादी स्थायी कमिटी बैठकमा छलफल भईसकेको बताएका छन् ।

आगामि चुनावसम्म गठबन्धनमा कम्तीमा पनि ८ देखि ९ दलीय मोर्चा बन्ने देखिएको छ ।