२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ



file
अ+ अ-

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले राजधानीको विभिन्न ठाउँमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न इच्छा लागेको बताएका छन् ।

उनले काठमाडौँको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको समेत प्रतिक्रिया दिएका छन् ।

धरानको विकाससँग सम्बन्धी काम लिएर काठमाडौं आएका मेयर साम्पाङले फेसबुकमा लेखेका छन् ‘काठमाडौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’