• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo

लिग वानः पिएसजीको सहज जित



एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५–२ ले हरायो ।

पिएसजीका लागि किलियन एम्बाप्पे र रेनाटो सान्चेजले एक–एक गोल गर्दा फलायो साकोले आत्मघाती गोल गरे । मोप्लियरका लागि वाहवी खाज्री र इन्जो जियान्नीले एक–एक गोल फर्काए ।

जितसँगै पिएसजी दुई खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ ।