• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ ★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो

मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगे



काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।  मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् ।

मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । बिमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया दिएका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरुभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताउनु भयो ।

आफुले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै मुख्य प्रशिक्षक प्रभाकरले अन्तराष्ट्रिय स्तरको टीम बनाउन सक्दो मेहनत गर्ने संवाददाताहरुलाई बताउनु भयो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले असामयिक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।