६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगे



अ+ अ-

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।  मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् ।

मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । बिमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया दिएका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरुभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताउनु भयो ।

आफुले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै मुख्य प्रशिक्षक प्रभाकरले अन्तराष्ट्रिय स्तरको टीम बनाउन सक्दो मेहनत गर्ने संवाददाताहरुलाई बताउनु भयो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले असामयिक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।