१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत



अ+ अ-

काठमाडौं । अनाथ तथा असहाय व्यक्तिको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्व पुरस्कृत भएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा एनएण्डजे इन्टरटेनमेन्ट एनवाइ इन्क, अमेरिकाद्वारा ती संस्था तथा व्यक्तित्व पुरस्कृत भएका हुन् ।

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएका आश्रित छन् । उक्त प्रतिष्ठानका अध्यक्ष सरु सुवेदीलाई नगद रु २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

पुरस्कृति हुने अन्य संस्थामा लक्ष्मी प्रतिष्ठानका लागि सो संस्थाका अध्यक्ष विष्णु गौतम, पूर्वेली न्यूज डटकमका मणिराम दाहाल, इ–नेप्लिज डटकमका विश्वराज थापालगायत हुनुहुन्छ ।

त्यसैगरी साहित्यकारहरु माया ठकुरी, कृष्ण प्रधान, प्रा डा गार्गी शर्मा, गायक ओमविक्रम विष्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई हुनुहुन्छ । उहाँहरुलाई सबैलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

अमेरिकामा बसोबास गर्नुहुने साहित्यकार कमला प्रसाईंले एनएण्डजे इन्टरटेनमेन्ट एनवाइइन्क नामक संस्था स्थापना गरी नेपाली भाषा साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्ने गरी यी पुरस्कार स्थापना गर्नुभएको हो ।

पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यका साथै समाजसेवाका विशिष्ट क्षेत्रमा काम गरिरहेका व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।

वरिष्ठ निबन्धकार कृष्ण प्रधानले सिलीगुडी बसिरहेको आफूलाई पनि सम्झेर सम्मान प्रदान गरेकामा खुसी व्यक्त गर्दै यस्ता कार्यले स्रष्टालाई आगामी दिनमा अघि बढ्ने उत्प्रेरणा मिल्ने बताउनुभयो ।

उक्त संस्थाका संस्थापक कमला प्रसाईंले आफू विदेशी भूमिमा रहेको भए पनि नेपाली भाषामा योगदान दिने र नेपालको समाजसेवाका क्षेत्रमा क्रियाशील रहने व्यक्तिको स्मरण र सम्मान होस् भनेर यी पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो । रासस