७ पुष २०८२, सोमबार
,
Latest
मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्रालयको अनुमति नपाएर रोकिएका कामको सुरुवात हुन्छ: मन्त्री यादव



अ+ अ-

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीव यादवले मन्त्रालयले अनुमति नदिएर रोकिएका विकासका कामहरुको सुरुवात हुने बताउनु भएको छ । आज शनिवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१९ स्थित १०३।८० मिटर लम्बाई रहेको तिलावे नदी पुलको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अनुमति दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म नागरिकको सेवाका लागि मन्त्री बनेको हुँ, मन्त्रालयका कारण रोकिएका विकासका कामलाई काम गर्न अनुमति दिनेछु, नागरिकको खुशी नै मेरो खुशी हो, जनताको काम एक सेकेन्ट पनि रोक्ने छैन् ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नागरिकलाई प्रतक्ष वा अप्रतक्ष रुपमा फाईदा हुने विकासका कामहरु अनावश्यक कागजात तथा फाइलका कारण नरोक्न पनि मातहतका निकाय तथा विभागलाई निर्देशन दिएकाले जनताका काम नरोकिने दावी गर्नुभयो ।

यसैगरी मन्त्री यादवले नागरिक सहित देशलाई फाइदा हुने विकासका कामहरु कुनै बाहना तथा कारणले नरोकिने जानकारी गराउनुभयो । मन्त्री यादवले १०३।८० मिटर लम्बाई रहेको तिलावे नदी पुल निर्माणले पर्सा जिल्लाकै समग्र विकास सहित समृद्धि हुने विश्वास समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बेधन गर्नु हुँदै मन्त्री यादवले पर्सा जिल्लामा अधूरा रहेका विकास निर्माणका कामलाई सपन्न गर्न समन्वय गरीदिन भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्नु हुदै भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी–चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन दिनुभयो । यसैगरी मन्त्री राईले हुलाकी सडकको वाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकिय स्थलको रुपमा विकास गरिने बताउनुभयो ।

पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकमा रहेको उक्त तिलावे नदिमा रु ७ करोड ७१ लाखको लागतमा १०३.८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको उक्त पुल ठेक्का सम्झौता भएको सात वर्ष पछि निर्माण सम्पन्न भएको हो । उक्त पुल ठेकेदार पप्पू–लुम्बिनी जेभीले निर्माण गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा आयोजना गरिएको उक्त पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम,जन्नत अन्सारी, वीरगञ्ज माहनगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो । रासस