११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौंः बृहत् स्वतन्त्र राष्ट्रिय अभियान

निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौंः बृहत् स्वतन्त्र राष्ट्रिय अभियान
अ अ+ अ-

काठमाडौं, २७ साउन । बृहत स्वतन्त्र राष्ट्रिय अभियानले आगामी चुनावमा साझा चुनाव चिन्ह ‘लौरो’ लिएर जाने घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले सो कुरा जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल नागरिक स्वतन्त्र सञ्जालका अध्यक्ष दिनेश सुवेदीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा स्वतन्त्र, परिवर्तन चाहने शक्ति र दलहरु एउटै साझा चिन्ह लिएर जाने निर्णय गरिएको बताएका हुन् ।

उनले भने,‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा हामी स्वतन्त्र व्यक्तिहरु, परिवर्तन चाहानेहरु शक्तिहरु र राजनीतिक दलहरु एउटै साझा चिन्ह लिएर जाने भएका छौं, सबै शक्तिहरु एक भएर एउटै उद्देश्य लिएर साझा एजेण्डा, नीति, राजनीतिक दर्शन तयार पारेर आम नागरिकको अपनत्व लिनेगरि लौरो चिन्ह लिएर चुनावमा जानेछौं ।’

उनले देशमा भएका गलत परिपाटीलाई सुधार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकत्ता औंल्याए । उनले भने,‘जनताको शक्तिलाई यो दुनियाँमा कसैले पनि रोक्न सक्दैन् । जनताले परिवर्तन चाहेका छन् ।’उनले समानुपातिक निर्वाचन प्रणालीको नाममा नेपाली राजनीतिमा टिके प्रथा हावी भएको टिप्पणी गरे। उनले भने,‘देशमा प्रदेश सरकारको नाममा धेरै बेतिथि भएका छन् । त्यसलाई सुधार गरेर, भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बेला आएको छ ।’

अब स्वतन्त्र व्यक्तिहरुले मात्र देशको विकास गर्ने उनको दाबी थियो । सुवेदीले सो अवसरमा सञ्जालले जारी गरेको प्रेश विज्ञप्ती वाचन गरेर सुनाएका थिए । यसैगरी, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले ‘लौरो’ देखेर डराउनेलाई चोर र पशुको संज्ञा दिए । ‘वृद्धवृद्धालाई टेक्ने भ्रष्टाचारीलाई सेक्ने’ भनाईले जनजन प्रभावित भएको उनले दाबी गरे ।

उनले सात अभियान मिलेर नवगठित बृहत स्वतन्त्र राष्ट्रिय अभियानले साझा मूल दर्शन सात बुँदामा तयार पारेको बताए । त्यसमा सबैको स्विकृति र अस्विकृति समेटिएको उनको भनाई थियो । बुढा/पाकाहरु मात्र संसद्मा भएको उल्लेख गर्दै नेपालले संसद्बाटै मागेर काम चलाउनुपर्ने आवाज उठेकोमा आपक्ति जनाए । उनले भने,‘विदेशीका बुट नेपाली आमाको छातीमा बजार्न छाती खोलेर दिन्छु भन्नेहरु पनि संसद्मा देखियो ।’ उनले आफूहरुले पार्टी प्रवेशमा विश्वास नगर्ने भन्दै विचारमा ध्यान दिने बताए ।

वेबसाइटमा स्वतन्त्र उम्मेदवार हुन चाहानेलाई अनलाइन फर्म भर्न आग्रह गर्दै उनले उम्मेदवारी दिनेहरुले सम्पत्ति विवरण खुलाउनैपर्ने अनिवार्य शर्त रहेको पनि सुनाए । यसैगरी, धरानका सामाजिक अभियन्ता सुदिप श्रेष्ठले धरानमा अहिले वृक्षारोपण, ढुंगा र पाइप विच्छाउनेलगायतका विकासका कामहरु भइरहेको जानकारी दिए । एक महिनाभित्रमा धरानले स्थानीय खोलाबाट विद्युत उत्पादन सुरु गरेको उनले उल्लेख गरे । उनले विकासको नमूनालाई विश्वसामु चिनाउने व्यक्तिको रुपमा धरानका मेयर हर्क साम्पाङको उदय भएको बताए । श्रेष्ठले एक दिनमा सात हजार जना धराने जनता उठेर श्रमदान गरेर विद्युत उत्पादन कार्य सम्भव भएको पनि स्मरण गराए ।

उक्त श्रमदान गराउनुमा ‘लौरो’ को ठुलो हात रहेको उल्लेख गर्दै उनले देश चलाउने नेताहरुले राष्ट्रको विकास गर्न नसकेको आरोप लगाए । उनले भने,‘नेपाली कांग्रेसमा हर्क साम्पाङजस्ता व्यक्ति धेरै भएपनि माथिल्लो तहका नेताहरुले उनीहरुलाई उठ्नै दिएका छैनन्, चिनाउनै दिएको छैन् । त्यस्तो प्रवृति अन्य पार्टीमा पनि छन् ।’

त्यस्तै, पोखरा अटेरी अभियानका अभियन्ता जीवन गुरुङले देशका ठुला नेताहरुले राष्ट्रहितमा काम नगरेको बताए । उनले भने,‘हाम्रो देशका नेताहरुले रहरले हो की बाध्यताले हो देश चलाएको ? यसमा मलाई निकै चिन्ता लाग्छ ?

हाम्रो नेपाली पार्टीका प्रवक्ता रोहन कार्कीले देशको विकास र फोहोरी राजनीतिको अन्त्यको लागि स्वतन्त्र उम्मेदवारहरु देशव्यापी रुपमा निर्वाचित हुनैपर्ने बताए । उनले भने,‘पूराना राजनीतिक दलहरु पटक–पटक असफल भैसकेका छन्, अब फेरी उनीहरुले चुनावमा झारपातसँग गठबन्धन गरेर भएपनि ५ वर्षका लागि सँगै रहन खोजेको छन् । परिवर्तन अहिल्यै हुनुपर्छ, अहिले नभए कहिल्यैपनि हुँदैन, त्यसको लागि सबै स्वतन्त्र एक हुनुपर्यो ।’

स्वतन्त्र उम्मेदवारी अभियानका कुलदिप बस्नेतले केही स्वतन्त्र उम्मेदवारहरु चुनाव उठ्दैमा केही नहुने देखेपछि आफूहरु सामूहियक रुपमा लागेको सुनाए । उनले देश विकासको लागि स्वतन्त्र उम्मेद्धवारहरु विजयी भए ठूलो योगदान दिनसक्ने चर्चा गरेका थिए ।

स्वतन्त्र उम्मेदवारी अभियानका दुर्गा बस्नेतले गत स्थानीय तहको चुनावपछि ‘लौरो’ आन्दोलनको प्रतिक बनेको टिप्पणी गरे । निर्जिब भएपनि लौरोले आन्दोलन चर्काएको उनको भनाई थियो । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्धवारहरुले लौरो चुनाव चिन्ह पाएको भन्दै उनले अबको चुनावमा लौरोले १६५ स्थानमा स्वतन्त्र र साझा उम्मेदवार पाउने धारणा राखे ।