• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रेखा थापाले भेटिन् ओलीलाई



काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा बुधबार राप्रपा महामन्त्री कुन्ती शाही समेत भई रेखाले ओलीसँग भेट गरेकी हुन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको जनाएकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेकाले यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।