• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

भएन बजार अनुगमन



बैतडी । सुदूरपश्चिमको मुख्य पर्व  र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो ।

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ । उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले माग गर्नुभयो ।

उहाँले भन्नुभयो,“बजार अनुगमन नहुँदा कालोबजारी बढ्यो । यसलाई नियन्त्रण गर्नुपर्छ । अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा गर्नु जरुरी छ ।” जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालयले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“अब छिट्टै जिल्लाका सरोकारवाला सम्मेलित अनुगमन टोली बनाउछौँ, यसपछि जिल्लाका बजार अनुगमन हुन्छ ।” बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन्, कालोबजारी हुन नपाओस् र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको गरिन्छ । यसबाट व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् ।

साथै उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यवसायीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गर्दछ । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुनेसमेत विश्वास गरिन्छ । गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारबाही गरिएका थियो । उक्त कारबाहीबाट रु दुई लाख ४५ हजार जरिवाना असूल भएको प्रशासनले जनाएको छ ।