२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षामन्त्री पौडेलको आग्रह



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठि’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो । उहाँले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतीबाट हल खोज्नुपर्ने बताउनु भयो ।

उहाँले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो । एकपटकका लागि प्राध्यापकहरुको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, एकपटक अर्थ मन्त्रालयसँग छलफल गरेर यस प्रकारका सम्पूर्ण समस्याहरु क्लोजिङ गरौँ । त्यसपछि सबै प्रतिष्पर्धा गरेर आउने, शिक्षक चाहीँ शिक्षक सेवा आयोगबाट प्रतिष्पर्धा गरेर आउने, प्राध्यापकहरु विश्वविद्यालय सेवा आयोगमा प्रतिष्पर्धा गरेर आउने प्रणाली स्थापित नहुँदासम्म योग्य प्राध्यापक निर्माण गर्न सक्दैनौँ । यसको अर्थ अहिलेको समस्याहरु समाधान नगर्ने भनेको होइन । एकपटक हल गरेर सुल्झायाँै भने जहिलेसुकै व्ययभारको रुपमा अर्थ मन्त्रालयमा यो आउँदैन । यी समस्याहरु हल गर्नको निम्ति प्राध्यापक संगठनहरुले बेला बखत कुरा उठाउनुभएको छ । यहाँहरुसँग अनुरोध के छ भने विश्वविद्यालयका पदाधिकारीहरु, विद्यार्थीहरु, कर्मचारीहरु, प्राध्यापकहरु विश्वविद्यालयसँग सम्बन्धित, पठन–पाठनसँग सम्बन्धित सम्पूर्ण मागहरु, सम्पूर्ण विषयहरु वार्ता, सहमती, सम्वादको प्रक्रियाद्वारा हल गर्नु हुनेछ । कृपया कसैले पनि विश्वविद्यालयमा तालाबन्दी नगरिदिनु होला ।
विश्वविद्यालयको तालाबन्दीले दाहोरो कुरा हुने भयो । विश्वविद्यालयका पदाधिकारीहरुलाई पनि तालाबन्दी छ । काम गर्ने कुराको निम्ति तालाबन्दी छ । काम गर्न डिस्टर्ब छ भन्नुहुन्छ उहाँहरुले । विषयवस्तु केही भयो भने, कहीँ केही एउटा पद नियुक्ति गर्नुप¥यो भने प्रतिष्पर्धा गरेर, योग्य मान्छे लिएर वार्ताद्वारा जाने कुरा अगाडी बढाइयो भने राम्रो हुन्छ । विद्यार्थीको समस्या, प्राध्यापकको समस्या आयो भने वार्ताद्वारा हल गर्ने कुरा अगाडी बढाइयो भनेदेखि हामी अगाडी बढ्नसक्छौँ ।’

शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘सबै विश्वविद्यालयहरुले प्राध्यापकहरुको सहयोगमा क्यालेन्डर प्रणाली लागु गरौँ । क्यलेन्डर प्रणाली लागू नहुँदाखेरी बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजेल्ट ननिस्किने, परिक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठन पाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ । विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई, युवाहरुलाई हामी भन्नसक्छौँ समयमा पढाई हुन्छ । समयमा रिजेल्ट निस्किन्छ । त्यसकारणले हाम्रो विश्वविद्यालय राम्रा छन् भन्नेकुरा उहाँहरुलाई भन्नसक्छौँ ।’

विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उहाँले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताउनु भयो ।