२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन कालमा विचरण गर्ने चारखुट्टे ह्वेलको नयाँ प्रजातिको अवशेष इजिप्टमा फेला पर्‍यो



अ+ अ-

बीबीसी । इजिप्टका वैज्ञानिकहरूले चार करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पहिचान गरेका छन्।

वैज्ञानिक नाम "फिओमिसेटस अन्युबिस" दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात् जल र भूमि दुवै ठाउँमा विचरण गर्थ्यो। उक्त ह्वेलको जीवावशेष इजिप्टको वेस्टर्न डिजर्टमा फेला परेको हो।

उक्त ह्वेलको खप्पर प्राचीन इजिप्टमा मृत्युका देवताका रूपमा पूजित स्यालको टाउको भएका अन्युबिससँग मिल्दोजुल्दो छ। त्यसैले यो प्रजातिको वैज्ञानिक नाम तिनै मृत्युदेवको नाममा राखिएको छ।

आधुनिक ह्वेलका पुर्खाहरू भूमिमा बस्ने मृगजस्ता स्तनपायी जीवबाट एक करोड वर्षको अवधिमा विकसित भएका हुन्। फिओमिसेटुस अन्युबिसको तौल झन्डै ६०० केजी र लम्बाइ तीन मिटर भएको र सिकार समात्न आवश्यक पर्ने भएकाले त्यसको च्यापु बलियो भएको प्रोसीडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित शोधमा उल्लेख छ।

कहाँ फेला परेको हो ?
चारवटा खुट्टा भएको उक्त ह्वेल जमिनमा हिँड्न र पानीमा पौडिन सक्थ्यो।

इजिप्टको फायुम डिप्रेशनमा फेला परेको आंशिक अस्थिपञ्जरको मन्सूरा विश्वविद्यालयमा विश्लेषण गरिएको थियो।

त्यो क्षेत्रमा अहिले मरुभूमि भए पनि पहिला समुद्र थियो। त्यहाँ धेरै जीवावशेष फेला पर्ने गरेको छ।

"फिओमिसेटस अन्युबिस ह्वेलको एउटा महत्त्वपूर्ण नयाँ प्रजाति हो अनि इजिप्ट र अफ्रिकाको जीवाश्मविज्ञानका लागि एउटा महत्त्वपूर्ण खोज पनि हो," प्रमुख शोधकर्ता अब्दुल्लाह गोहरले समाचारसंस्था रोएटर्ससँग भने।

कति दुर्लभ ?
खु्ट्टा भएका ह्वेल फेला परेको यो पहिलो पटक हैन। तथापि फियोमिसेटुस अन्युबिस अफ्रिकामा फेला परेको प्रारम्भिक किसिमको अर्धजलचर ह्वेल भएको विश्वास गरिएको छ। पाँच करोड वर्षअघि दक्षिण एशियामा ह्वेलको उद्‌विकास भएको ठानिन्छ।

पेरुमा सन् २०११ मा वैज्ञानिकहरूले चार करोड ३० लाख वर्ष पुरानो चारखुट्टे ह्वेलको जीवाश्म भेटेका थिए। उक्त ह्वेलका औँलाका बीचमा जालो थियो र खुट्टामा खूरहरू पनि थिए।