![](https://newspolar.com/wp-content/uploads/2022/08/losapa-dal-darta.jpg)
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोसपाले दल दर्ता गराएको पार्टीका नेता केशव झाले जानकारी दिनुभयो । अहिलेसम्म नेकपा (एमाले) सहित १० वटा राजनीति दलले आयोगमा दल दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो।