• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एन्फा कार्यसमितिको बैठक सुरु



file

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक शुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुरु भएको बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन् ।

यसअघि बसेको एन्फाको कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

बैठकमा प्रवक्ता सहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त हुनेछ । साथै महिला साफ आयोजनाको मुख्य विषयसहित बैठकमा २२ एजेन्डामा छलफल हुनेछ ।

बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हुन ।यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो ।

एन्फाको निर्वाचन पछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्तवको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ ।