५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोर्चा बनाएर एउटै चिह्नमा लड्न प्रस्ताव गरेका छन् ।

भट्टराईल बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर सो प्रस्ताव गरेका हुन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल चलाइरहेको छ । जसपाबाट भट्टराई अलग भइसकेका छन् र उनले नेसपा पार्टी गठन गरेका छन् ।

नेसपाका अध्यक्ष भट्टराईसहितका नेताहरुले वाम समाजवादी मोर्चामा सहभागी हुन तयार देखिएको छ । अध्यक्ष भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।