• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

निलम्बित प्रधानन्यायाधीश जबरामाथि शुक्रबारदेखि अध्ययन



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि अध्ययन सुरु हुने भएको छ । महाअभियोग सिफारिस समितिका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि शुक्रबार अध्ययन सुरु हुने भएको हो । उपत्यका बाहिर रहेका समितिका सदस्यहरु काठमाडौँ फर्किसकेकाले अब अध्ययन सुरु हुने भएको हो ।

गत फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो । उनीविरुद्ध २१ वटा आरोप लगाइएको थियो । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग दर्ता गरिएको थियो ।

प्रतिनिधिसभाले महाअभियोग प्रस्ताव दर्ता भएपछि फागुन २२ गते संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो भने फागुन २९ गते प्रतिनिधिसभामा पेस भएको उक्त प्रस्तावमाथि यही साउन २२ गते सैद्धान्तिक छलफल गरेर महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

एघार सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य हुनुहुन्छ ।