५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा काँडेतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनु भयो । नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ । कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ । मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ ।

राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ । हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ । यो बेला नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने की, नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिने भन्ने हो । हामीलाई पर्खाल र तारले भन्दापनि भावनाले राष्ट्रियता जगाउन आवश्यक छ ।’

नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताउनु भयो ।

 




भर्खरै