८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जनप्रतिनिधि फेरियो, नीति तथा कार्यक्रम फेरिएनन्

जनप्रतिनिधि फेरियो, नीति तथा कार्यक्रम फेरिएनन्
अ अ+ अ-

तुलसीपुर । दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले कांग्रेसले जितेका लमही नगरपालिकासहित बबई र दङ्गीशरण गाउँपालिकामा यसअघि एमालेले जितेको थियो ।

त्यस्तै अहिले माओवादी केन्द्रले जितेका गढवामा एमालेले र राप्ती गाउँपालिमा कांग्रेसले जितेको थियो । यी पाँचवटा स्थानीय तहमा यसअघि फरक पार्टीले सत्ता चलाएका थिए भने अहिले ती पालिकाका सत्ता चलाउने राजनीतिक दलहरु परिवर्तन भए पनि उनीहरुले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिँदैन । नयाँ जनप्रतिनिधिले चालु वर्ष २०७९/८० का लागि ल्याएको पहिलो नीति तथा कार्यक्रमको सबैले चासोका साथ हेरेका छन् ।

दङ्गीशरण गाउँपालिकाका यसअघिका अध्यक्ष एमालेका भागीराम चौधरीले ‘एक वडा, एक ज्येष्ठ नागरिक विश्रामस्थल भवन निर्माण गर्ने, माछामा आत्मनिर्भर बनाउन मत्स्य विकास कार्यक्रम सञ्चालन गर्ने, उत्पादन लागत बढाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम ल्याउनुभएको थियो । गएको आर्थिक वर्ष २०७८/७९ मा चौधरीले ल्याएको नीति तथा कार्यक्रमलाई अहिले कांग्रेसबाट निर्वाचित शम्भु गिरीले धेरै कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।

‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन् । समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । “हामी वैशाखमा निर्वाचित भयौँ, निर्वाचित भएलगत्तै नीति तथा कार्यक्रम बनाउनुपर्ने भयो, हतार हतारमा केही दोहोरिए होलान्”, गिरीले भन्नुभयोे, “सुत्केरीलाई आहारा दिने, छोरीलाई सम्मान गर्ने जस्ता केही नयाँ नीति पनि छन् ।”

बबई गाउँपालिकाले ल्याएका नीतिहरु पनि अधिकांश पुरानै छन् । यसअघि एमालेले जितेको यस गाउँपालिकामा अहिले कांग्रेसका कुलबहादुर खत्री विजयी हुनुभएको छ । विगतमा जस्ता नीति थिए, अहिले पनि त्यस्तै नीति र कार्यक्रम आएका छन् । गाउँपालिकाले ‘हाम्रो उत्पादन, हाम्रो बजार, समृद्धिको आधार–सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ ।

अहिले ल्याइएको नीति कार्यक्रममा दिगो विकासका लागि कृषिमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गर्ने, शीत भण्डार निर्माण तथा प्रोत्साहनका कार्यक्रमका लागि बजेटको व्यवस्था गर्ने, बबई क्षेत्रको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको विकास गर्ने र गाउँपालिकाभित्र रहेका सहकारीसँग समन्वय गरेर रोजगारी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा र मावि तहसम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्ने, स्वास्थ्यको सुधारका लागि स्वस्थ्य आमा, स्वस्थ्य बच्चा नारासहित नवजात शिशु तथा मातृ मृत्युलाई कम गर्नका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । ती अधिकांश कार्यक्रमहरु पहिले पनि रहेका थिए । पुराना कार्यक्रमहरु पनि केही राम्रा भएका तर काम नभएको अवस्थामा रहेको भन्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बताउनुभयो । “पुराना हटाउनुपर्ने कार्यक्रम हामीले हटायौँ, केही कार्यक्रमलाई समावेश गरेका छौँ”, उहाँले भन्नुभयो ।

राप्ती गाउँपालिकाले यसअघिकै जस्तो नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बालविकास शिक्षादेखि १० कक्षासम्मको शिक्षा निःशुल्क रुपमा प्रदान गर्ने नीति ल्याएको थियो । गत आव २०७८/७९ मा राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरवको बहुवर्षीय योजना भएकाले गाउँपालिकाको उत्तरतर्फ सिङ्गेदेखि भालुवाङसम्मको क्षेत्रलाई केन्द्रित गरी स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरिने कुरा पनि उल्लेख थियो ।

त्यस्तै अग्र्यानिक खेतीमा जोड दिई बिस्तारै विषादीमुक्त क्षेत्र बनाइने कुरा पनि त्यतिबेलै नीति तथा कार्यक्रममा समावेश थियो ।

यसअघिको निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा अहिले माओवादी केन्द्रका प्रकाश विष्ट अध्यक्ष हुनुहुन्छ । “केही पुराना कार्यक्रम भए पनि, धेरै नयाँ कुरा ल्याएका छौँ”, अध्यक्ष विष्टले भन्नुभयो, “हामीले स–साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महसुस हुने गरी काम गर्ने नीति ल्याएका छौँ ।” कतिपय पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

यसअघि एमालेको स्थानीय सरकार रहेको लमहीमा अहिले कांग्रेसका जोगराज चौधरीले जित्दा पनि पुरानै नीतिले प्राथमिकता पाएका छन् । सरकारी विद्यालयमा कक्षा १ देखि १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, शिक्षामा सबैको पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गर्ने, लमही अस्पतालको स्तरवृद्धि गरेर सय शय्या पु¥याउने लगायतका कामर्यक्रम पुरानै हुन् ।

त्यस्तै सरसफाइको क्षेत्रमा आएको ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियान चलाउने, कार्य सम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारी, अनुशासनको दायरामा नबस्ने र सेवा प्रवाहमा लापरबाही गर्ने शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आचरणमा शून्य सहनशीलताको नीति अबलम्बन गर्ने, सेवाग्राहीको गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइने, सूचनाको हक सुनिश्चित गर्न सूचना व्यवस्थापन सहज बनाइनेलगायत नीति पहिले नै आएका हुन् । उहाँले भन्नुभयो, “हामीले नयाँ ढङ्गले जाऔँ, नयाँ बृहत् कार्यक्रमहरु सञ्चालन गरौँ भनेर पनि छलफल ग¥यौँ तर समय पनि छोटो भएकाले धेरै नयाँ कार्यक्रम ल्याउन सकिएन ।”

यसअघि एमालेले जितेको गढवा गाउँपालिकामा अहिले माओवादी केन्द्रका यमनारायण पोखरेलले जित्नुभएको छ । युवा नेताका रुपमा परिचित शर्माले ‘शिक्षा स्वास्थ्य, कृषि र रोजगार–समृद्ध गढवा गाउँपालिकाको आधार’ भन्ने नारासहित ल्याएको नीति तथा कार्यक्रममा पनि पुरानै कुरा समेटिएका छन् । गढवामा कृषि उपज हाटबजार सञ्चालन गर्ने, चक्लाबन्दी खेती प्रणालीलाई प्राथमिकता दिने, बर्थिङ सेन्टरमा भिडियो एक्स–रे सेवा उपलब्ध गराउनेजस्ता नयाँ कार्यक्रम आए पनि केही कार्यक्रम भने पुरानै छन् । ‘‘पुराना कार्यक्रमबाट पनि हामीले ‘रिफ्रेन्स’ लिनुपर्ने हुन्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वाभाविक पनि हो तर धेरै नयाँ गर्ने प्रयास गरेका छौंँ ।’ रासस