२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो पाँचदलीय गठबन्धन भन्दा पनि देश लुटेर खाने मितबन्धन होः सांसद न्यौपाने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले पाँच दलीय गठबन्धनलाई देश लुटेर–बाँडेर खाने मितबन्धनको संज्ञा दिनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले यस्तो बताउनुभएको हो ।

‘वास्तवमा यो पाँच दलीय गठबन्धन भन्दा पनि यो त देशलाई लुटेर, बाँडेर खाने मितबन्धन हो । किनभने यहाँ विचारको आधारमा गठबन्धन भएको छैन । अब मुलुक दुईदलीय व्यवस्थामा जानेछ कि भन्नेमा खुसी लागेको छ । तर आफूलाई कम्युनिस्ट पार्टी बताउने तीन पार्टीहरु त्यहाँ रहेर त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्दा कम्युनिस्ट नेताहरुप्रती दुख लागेको छ ।’ उहाँले भन्नुभयो ‘यो अनौठो र अचम्मको मितबन्धन परिवारका केही गिरोहहरुले कब्जा गरेर चलाइरहेका छन् । म कांग्रेसका नेता तथा कार्यकर्ताहरु कि त चरम दास हो कि चरम अवसरवादी हो ।’

उहाँले विचारको हिसाबले कांग्रेस र नेकपा माओवादीबीच प्रतिस्पर्धा रहँदै सत्रुबत व्यवहार हुँदा पनि बाँडेर खानका निम्ती चुनावमा तालमेल गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘गठबन्धनभित्रको पनि परिवारको एउटा गिरोहले पार्टीलाई कब्जा बनाएर विचारलाई बली चढाउने जुन दुस्साहस गरिरहेको छ त्यो हामीले देखिरहेका छौँ । पद भागवन्डा गर्नका निम्ती विदेशी भूमीमा बसेर विदेशीलाई साक्षी राखिन्छ । विदेशीहरुलाई गुहार गरेर बनेको यो सरकारले राष्ट्रिय स्वाभिमानलाई गिराउने काम गरेको छ । यसअघि पटकपटक प्रधानमन्त्री भएपनि चुच्चे नक्सा चाही केपी ओलीकै पालामा आउनुपर्ने ?’

एसपीपीको पत्र सार्वजनिक नगरिनुमा त्यसलाई नाम परिवर्तन गरी सम्झौता हुन लागेकोभन्दै उहाँले आशंका समेत व्यक्त गर्नुभयो ।