६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो पाँचदलीय गठबन्धन भन्दा पनि देश लुटेर खाने मितबन्धन होः सांसद न्यौपाने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले पाँच दलीय गठबन्धनलाई देश लुटेर–बाँडेर खाने मितबन्धनको संज्ञा दिनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले यस्तो बताउनुभएको हो ।

‘वास्तवमा यो पाँच दलीय गठबन्धन भन्दा पनि यो त देशलाई लुटेर, बाँडेर खाने मितबन्धन हो । किनभने यहाँ विचारको आधारमा गठबन्धन भएको छैन । अब मुलुक दुईदलीय व्यवस्थामा जानेछ कि भन्नेमा खुसी लागेको छ । तर आफूलाई कम्युनिस्ट पार्टी बताउने तीन पार्टीहरु त्यहाँ रहेर त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्दा कम्युनिस्ट नेताहरुप्रती दुख लागेको छ ।’ उहाँले भन्नुभयो ‘यो अनौठो र अचम्मको मितबन्धन परिवारका केही गिरोहहरुले कब्जा गरेर चलाइरहेका छन् । म कांग्रेसका नेता तथा कार्यकर्ताहरु कि त चरम दास हो कि चरम अवसरवादी हो ।’

उहाँले विचारको हिसाबले कांग्रेस र नेकपा माओवादीबीच प्रतिस्पर्धा रहँदै सत्रुबत व्यवहार हुँदा पनि बाँडेर खानका निम्ती चुनावमा तालमेल गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘गठबन्धनभित्रको पनि परिवारको एउटा गिरोहले पार्टीलाई कब्जा बनाएर विचारलाई बली चढाउने जुन दुस्साहस गरिरहेको छ त्यो हामीले देखिरहेका छौँ । पद भागवन्डा गर्नका निम्ती विदेशी भूमीमा बसेर विदेशीलाई साक्षी राखिन्छ । विदेशीहरुलाई गुहार गरेर बनेको यो सरकारले राष्ट्रिय स्वाभिमानलाई गिराउने काम गरेको छ । यसअघि पटकपटक प्रधानमन्त्री भएपनि चुच्चे नक्सा चाही केपी ओलीकै पालामा आउनुपर्ने ?’

एसपीपीको पत्र सार्वजनिक नगरिनुमा त्यसलाई नाम परिवर्तन गरी सम्झौता हुन लागेकोभन्दै उहाँले आशंका समेत व्यक्त गर्नुभयो ।

 




भर्खरै