११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः जितेन्द्र नारायण देव

सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः जितेन्द्र नारायण देव
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नु भएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धि ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताउनु भएको हो ।

उहाँले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढन पनि पटकपटक आग्रह गर्नु भयो । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारले ३/४ वटा युगान्तकारी कामहरु गरेको छ । शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अव मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गईराखेको छ । यही सदनले महिला हिंसा विरुद्धको ऐन संशोधन भएको छ । यही सदनले नागरिकता सम्बन्धि ऐनलाई सशोधन गरेको छ । यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ ? यो पनि ठिक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं ? जवकि पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ । र, हुनुपर्छ ।

प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो । तर त्यो रचनात्मक विपक्ष हुनुपर्दछ । तर अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भईराखेको छ । म चाहन्छु–सम्माननीय अध्यक्ष महोदयमार्फत् सकारात्मक सोच लिएर आउनुस् । अनाआवश्यक ढंगले तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरुको प्रयोग गरेर, विषयहरु उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं । किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरु छन, हाम्रो देशको अगाडि, पिपुलको अगाडि । जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरु एक भएर जानुपर्ने स्थिति छ । यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाँही अनुरोध गर्न चाहन्छु ।’

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाउनु भयो ।