११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

‘राष्ट्रघात गर्ने नेता र दलहरुलाई निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्छ’

‘राष्ट्रघात गर्ने नेता र दलहरुलाई निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्छ’
अ अ+ अ-

काठमाडौं । नेपाललाई हिन्दुअधिराज्य स्थापना गर्ने लक्ष्यसहित स्थापना भएको नेपाली नागरिक पार्टीले अहिले मुलुक अप्ठ्यारो अवस्थामा गुज्रिएको जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै पार्टीले देशका राजनीतिक दलहरु विदेशी इशारामा हिडेको र नेताहरु केही गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीले नेपालमा एमसीसी लाद्ने दलालसत्ताको खारेजीको माग गरेका छन् । बानियाँले नेपालका सबै राजनीतिक शक्तिहरुको गोलमेच सम्मेलनबाट जनताको नयाँ संविधान निर्माण गर्नुपर्ने धारणा राखे । राष्ट्रघात गर्ने नेता र दलहरुलाई आगामी निर्वाचनमा सहभागी हुन नदिएर दण्ड दिनुपर्ने उनको भनाई थियो । राष्ट्र मासिने खतरा बढेको भन्दै उनले सबै मिलेर विद्रोह गर्न आहुवान गरे । उनले वर्तमान सरकारलाई राष्ट्रघाती संज्ञा दिँदै यसलाई विघटन गरेर जनता, सेना, सुरक्षाकर्मी, राजादेखि माओवादीसम्मको एक खुकुलो विद्रोही मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, वरिष्ठ राजनीतिज्ञ प्रेम कैदीले आफु राजनीतिक दलहरुलाई बहिस्कार गर्ने विचार धाराको व्यक्ति भएको बताए । उनले भने,‘२००७ सालदेखि राजनीतिक दलहरुले देशमा आतंक, हत्याकाण्ड मच्चाउने, हत्यारा, अपराधि, देशको सिमाना बेच्नेजस्ता कुकर्म गरेको हुनाले दलहरुप्रति मलाई घृणा लाग्छ । नेपालका नदीनाला बेच्ने नेपाली कांग्रेस हो ।’ कांग्रेसकै कारण जनता एमसीसी सम्झौताको पक्षमा जान वाध्य भएको उनको भनाई थियो ।

उनले नेपाली सेनाले लुटेरा र अपराधिको संरक्षण गरीरहेको आरोप लगाए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपराधी र फटाहको संज्ञा दिँदै उनले जापान पुगेर मधेशका जनतालाई नागरिकता दिन खोजेको बताएको स्मरण गराउँदै त्यसबारे आपक्ति जनाए । वीरगञ्ज र रक्सौल नाकाबाट आउने नागरिक नेपाली जनता नभएको उनले दाबी गरे । उनले भने,‘यो प्रचण्ड भन्ने पनि अपराधी हो । जसले एमसीसी र एसपीपीमा समर्थन गर्यो । उ नेपाली राजनीतिको कुख्यात पात्र हो ।’

त्यस्तै, वरिष्ठ राजनीतिक विश्लेषक डा.केबी रोकायाले पछिल्लो समय देशभित्र हुने गतिविधिबारे जानकारी लिनुको अर्थ नरहेको बताए । उनले भने,‘हामी परिचालित छौं, सञ्चालित छौं, पराधिन छौं, स्वतन्त्र छैनौं ।’ नेपाल अहिले स्वतन्त्र नभएको भन्दै उनले नेपाल अहिले आफ्नो लागि निर्णय गर्न नसक्ने अवस्थामा रहेको बताए ।

रोकायाले नेपालले जे चाह्यो त्यो उपलब्ध गराउन नसक्ने अवस्थामा रहेको समेत टिप्पणी गरे । दल, नेता र सरकारलाई गाली गर्नुको औचित्य नभएको उनको भनाई थियो । उनले भने,‘यहाँका राजनीतिक दल, शक्तिहरु, राज्यका सबै निकायहरु सबै विदेशी शक्तिका नोकर, दलाल र दास भएको कारण उहाँहरुले चाहेर पनि केही गर्न सक्नुहुन्न । उहाँहरुलाई देशको हितमा काम गर्न मन लागेपनि केहीगर्न सक्दैनन् ।’ उनले विदेशी बाह्रय शक्तिले नेताहरुलाई काम गर्न नदिएको समेत जिकिर गरे ।

विश्वभरका देश एक बनाउन एउटा अदृश्य संगठन निर्माण भएको बताए । उनले भने,‘उक्त संगठनले सारा देशलाई सिध्याएर एउटै देश बनाउन खोजेको छ । त्यो शक्तिले विश्व एक बनाएर नेपालको धर्म सस्कृति मेटाउन खोजिएको छ ।’ यस्तो अवस्थामा केही गर्न नसकिने भन्दै जनताले एकपटक सोच्न पर्ने बेला आएको उनको भनाई थियो ।

कार्यक्रम सञ्चालक घनश्याम भण्डारीले आफ्नो पार्टीको नीति र केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँले सारेको नीति मिलेकोले एकिकरणको तयारी भइरहेको जानकारी दिए । उनले आफ्नो पार्टीले अविचारी, विघटनवादी, भ्रष्टचारीको कडा विरोध गर्ने बताए । उनले भने,‘यो देश सिध्याउने अतिवादी हुन्, भ्रष्ट्रचारी हुन् र विघटनकारी हुन् । यीनको कडा बिरोध गर्छौ । जस्तो संकट परेपनि अनुशासित प्रजातन्त्र र मर्यादित राजतन्त्रको मार्गमा हिडछौं हामी ।’

उनले हजारौ दुख कष्ट झेलेर भएपनि आफुहरुलले गरिब जनताहरुलाई माथि उठाउन र जनताको सर्वोच्च माग हिन्द्ुराज्य बनाउन लागि पर्ने प्रतिज्ञा पनि गरे ।

पार्टीको उद्देश्य देशलाई हिन्दुराज्य कायम गर्न र देशमा अनुशासित प्रजातन्त्र स्थापित गर्नु रहेको उनले दाबी गरे । राजनीतिमा धर्म हुनुपर्छ भन्दै उनले भने,‘राजनीतिमा धर्म हुनुपर्छ र धर्ममा राजनीति हुनु हुँदैन्, राजनीतिले देशको संस्कृति हराउँछ, संस्कृति हराए त्यो देशको राष्ट्रियता हराउँछ र राष्ट्रियता हराए नागरिक पनि हराउँछन् ।’