११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सांसद अधिकारीको माग

स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सांसद अधिकारीको माग
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाउनु भयो ।

सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको बताउनुभएको हो । सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भि.एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गर्नुभयो । उहाँले यसलाई कुनैपनि हालतमा सरकारले जनपक्षिय रुपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो कार्यक्रमलाई रद्ध गर्न खोजेका हौँ ? ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको हामीले हुर्मत लिन खोजेका हौँ ? अहिले त पाँच लाख डोज कोभिशिल्ड समेत हराएको छ स्वास्थ्य मन्त्रालयबाट । यस्तो अवस्थामा अलपत्र पारेर के गर्न खोज्दैछौँ ? एकातिर हामी आयल कर्पोरेशनलाई मूल्य समायोजन गरेर महंगि घटाउनुपर्ने ठाउँमा पन्ध्र/पन्ध्र दिनमा स्वचालित मूल्यको व्यवस्था गर्ने भनेर सरकार भन्छ । तर अहिले घट्दा चार रुपैयाँ, नौ रुपैयाँ, तेह्र रुपैयाँ घट्दाखेरी सरकारले घटाएको छैन ।

नेपालीलाई महंगो मारमा त पा¥यो, पा¥यो तर स्वास्थ्य क्षेत्रमा अत्यन्तै खतरनाक अवस्था आउँदैछ र स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स हुँदैछ । सरकारलाई समामुखले गम्भिरतापूर्वक यसलाई कार्यान्वयन गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई कुनैपनि हालतमा जनपक्षिय रुपमा सञ्चालन गर्न । यो समाजवादको कार्यक्रमतर्फ उन्मुख कार्यक्रम यो मात्रै हो । सभामुखमार्फत् सरकारको ध्यानाकर्षण हुनेछ भन्ने कुरा म रुलिङको अपेक्षा गर्न चाहन्छु ।

स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांग भएका जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । ज्येष्ठ नागरिकमाथि खेलवाड गर्न पाइँदैन । एच.आई.भि एड्स संक्रमितहरुमाथि खेलवाड गर्न पाइँदैन । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’