• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सांसद अधिकारीको माग



काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाउनु भयो ।

सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको बताउनुभएको हो । सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भि.एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गर्नुभयो । उहाँले यसलाई कुनैपनि हालतमा सरकारले जनपक्षिय रुपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो कार्यक्रमलाई रद्ध गर्न खोजेका हौँ ? ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको हामीले हुर्मत लिन खोजेका हौँ ? अहिले त पाँच लाख डोज कोभिशिल्ड समेत हराएको छ स्वास्थ्य मन्त्रालयबाट । यस्तो अवस्थामा अलपत्र पारेर के गर्न खोज्दैछौँ ? एकातिर हामी आयल कर्पोरेशनलाई मूल्य समायोजन गरेर महंगि घटाउनुपर्ने ठाउँमा पन्ध्र/पन्ध्र दिनमा स्वचालित मूल्यको व्यवस्था गर्ने भनेर सरकार भन्छ । तर अहिले घट्दा चार रुपैयाँ, नौ रुपैयाँ, तेह्र रुपैयाँ घट्दाखेरी सरकारले घटाएको छैन ।

नेपालीलाई महंगो मारमा त पा¥यो, पा¥यो तर स्वास्थ्य क्षेत्रमा अत्यन्तै खतरनाक अवस्था आउँदैछ र स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स हुँदैछ । सरकारलाई समामुखले गम्भिरतापूर्वक यसलाई कार्यान्वयन गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई कुनैपनि हालतमा जनपक्षिय रुपमा सञ्चालन गर्न । यो समाजवादको कार्यक्रमतर्फ उन्मुख कार्यक्रम यो मात्रै हो । सभामुखमार्फत् सरकारको ध्यानाकर्षण हुनेछ भन्ने कुरा म रुलिङको अपेक्षा गर्न चाहन्छु ।

स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांग भएका जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । ज्येष्ठ नागरिकमाथि खेलवाड गर्न पाइँदैन । एच.आई.भि एड्स संक्रमितहरुमाथि खेलवाड गर्न पाइँदैन । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’