१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस स्टार सेरेना विलियम्सद्वारा सन्न्यास घोषणा



अ+ अ-

एजन्सी । अमेरिकाकी टेनिस लिजेण्ड सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छन् । उनले २३ ग्राण्डस्लाम उपाधि जितेर टेनिसबाट आफूलाई टाढा राख्न तयार रहेको बताइन् । अन्य महत्वपूर्ण कुरामा पनि ध्यान दिनुपर्ने भन्दै उनले व्यावसायिक रुचिसँगै अर्को सन्तान जन्माउने कुरामा पनि आफ्नो ध्यान केन्द्रित हुने बताइन् ।

टेनिसकी महान् खेलाडीमध्येकी एक सेरेनाले भोग म्यागजिनमा आफ्नो लेखमा भनिन्, “म यसै महिना ४१ वर्षकी हुनेछु । अरु कुरामा समय दिनुपर्छ ।” सेरेनाले पनि आफूलाई सन्न्यास शब्द मन नपर्ने र आफ्नो जीवनको यस मोडमा टेनिसबाहेक अन्य कुराहरूमा ध्यान केन्द्रित गर्ने सोच रहेको बताइन् । उनले यी कुराहरु उनका लागि धेरै महत्त्वपूर्ण रहेकी बताएकी छन्।

उनले लेखेकी छन्, “मलाई सन्न्यास शब्द कहिल्यै मन पर्दैन । यो मेरो लागि नयाँ शब्द होइन। म यसबारेमा सोच्दै छु तर यसको प्रयोगको बारेमा थोरै संवेदनशील छु किनकि शब्दले धेरै मानिसहरूको लागि धेरै महत्त्व राख्छ।

युएस ओपनको तयारीका क्रममा सेरेना टोरन्टोमा हुने नेसनल बैंक ओपन टेनिस प्रतियोगिता खेल्दै छिन् । पाँच पटक नम्बर १ को वरियतामा वर्षको अन्त्य गरेकी सेरेनाले लामो समयदेखि उपाधि जित्न सकेकी छैनन् । उनले यस वर्ष विम्बल्डनमा पुनरागमन गरे पनि सुरुआती चरणमा नै बाहिरिएकी थिइन् ।