• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

आफ्नै नेतृत्वमा दल दर्ता गर्न विवेकशील साझाका रवीन्द्र मिश्रको प्रस्ताव



रविन्द्र मिश्र (फाइल तस्वीर)

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका छन् । पार्टी अध्यक्षबाट गत जेठ ११ गते राजीनामा दिएका मिश्रले पार्टीमा अध्यक्ष चुन्न सहमति जुट्न असम्भव भएको भन्दै आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि हारको जिम्मा लिँदै मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छ र विवेकशील साझा पार्टीले अहिलेसम्म नयाँ अध्यक्ष चुन्न सकेको छैन ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि यही साउन ३१ गतेभित्र दल दर्ता गर्नुपर्ने समय दिएको छ । “पार्टीमा अढाई महिनादेखि बहुमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै सम्भावना देखिँदैन,’ उनले पार्टीमा प्रस्ताव राखेका छन्, ‘कानूनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन ।’

मिश्रको भनाइ यस्तो छ:

आदरणीय साथीहरू,

मैले पार्टी अध्यक्षबाट राजीनामा दिएको झण्डै अढाई महिना भइसकेको छ। केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्न नसक्दा मेरो राजीनामा स्वीकृत भएको छैन।

यस्तो परिस्थितिमा संघीय निर्वाचन घोषणासँगै निर्वाचन आयोगले साउन ३१ गते सम्ममा ‘निर्वाचन प्रयोजन’का लागि दल दर्ता गर्न आह्वान गरेको छ। दल दर्ता नगर्नु देशका विभिन्न ठाऊँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ।

दल दर्ता गर्न निर्वाचन आयोगले तोकेका निश्चित शर्तहरू पुरा गर्नु पर्छ। पार्टीमा अढाई महिनादेखि बहूमतबाट नेतृत्व चयन हुन नसकेको स्थितिमा अर्को एक हप्ताभित्र त्यो हुन सक्ने कुनै संभावना देखिँदैन। नयाँ नेतृत्व निर्वाचन आयोगले अध्यावधिक गरेपछि मात्र उसकोरउनको हष्ताक्षरले मान्यता प्राप्त गर्ने हो। यी सबै कामका लागि पर्खिन सक्ने स्थिति छैन।

कानूनतस् म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन। तसर्थ, म साथीहरूलाई निम्नानुसार विनम्र आग्रह गर्दछु। यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

१. अहिले हतारमा, छोटो सूचनामा, पार्टीको केन्द्रीय समितिको कोरम पुग्ने गरेर बैठक बस्न सक्ने स्थिति छैन। बाहिर जिल्लामा रहेका कतिपय साथीहरू तुरून्तै आउन सक्ने स्थिति पनि नहुन सक्छ। हामीले विगतमा पनि आपतकालीन स्थितिमा गरेको अभ्यास के हो भने, पार्टी केन्द्रीय कार्यालयमा मिनेट बुक राखिन्छ र काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले समय मिलाएर पार्टी कार्यालय आइ मिनेट बुकमा हष्ताक्षर गर्ने गर्दछन्। बाहिर जिल्लामा भएका साथीहरूको तोकिएको प्रयोजनका लागि मात्र भनेर डिजिटल हष्ताक्षर मागिने छ।

२. यो कतिपय साथीहरूका लागि अनुकूल विकल्प नहुने सक्छ तर अढाई महिनामा ननिस्केको सहमति अहिले निस्कने र अर्को विकल्पका साथ अघि बढ्ने सक्ने कुनै संभावना देखिँदैन। नयाँ नेतृत्व ९अध्यक्ष० का लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै रहनु होला तर हाललाई भने सकभर भोली बुधबार नै पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे पछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हष्ताक्षर गरिदिन आग्रह गर्दछु। राजीनामा दिएका तर मेरोजस्तै राजीनामा स्वीकृत नभएका साथीहरूलाई पनि यो गम्भिर विषयमा सहयोग गरिदिन अनुरोध गर्दछु।

यो विषयमा तर्क गरेर बस्नु भनेको निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता नहुनु हो। सहयोग नगर्ने साथीहरूले पार्टी सदस्यहरूको प्रश्नको जवाफ दिनु पर्नेछ। पार्टीभित्र जतिसुकै विवाद भए पनि यो विषयमा यहाँहरूको तत्काल सहयोगको अपेक्षा गर्दछु।

स–श्रद्धा
रवीन्द्र मिश्र