१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई प्रमुख आयुक्तको आग्रह



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ ।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरित फरक फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यामलाई आग्रह गर्नु भएको ।

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफैसँग साझेदारी गरिरहेको सञ्चार माध्यामसँग निर्वाचन आयोगले स्पष्टिकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुलाई सचेत गराउनु भयो । उहाँले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पार्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘सबै राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरु, सूचनाहरु सम्प्रेषण गरिदिनु प¥यो । तपाईँहरु धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै । अलिअलि पढदापददै हामी पनि बुझ्छौं । तपाईँहरुले कसलाई कसरी सर्पोट गर्नु भएको छ, त्यो हामी पनि बुझ्दछौं । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुनेगरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसावले सहयोग गरिदिनु प¥यो । दोस्रो, एउटा समाचार माध्याम, जो छ साझेदारी गरिएको छ । उसैलाई स्पष्टिकरण सोधिराखेको छ, आयोगले । तपाईहरुलाई स्पष्टिकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि सूचना प्रशारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यामहरुले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताउनु भयो । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन मंसीर ४ गते आईताबार हुँदैछ ।