५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई प्रमुख आयुक्तको आग्रह



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ ।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरित फरक फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यामलाई आग्रह गर्नु भएको ।

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफैसँग साझेदारी गरिरहेको सञ्चार माध्यामसँग निर्वाचन आयोगले स्पष्टिकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुलाई सचेत गराउनु भयो । उहाँले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पार्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘सबै राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरु, सूचनाहरु सम्प्रेषण गरिदिनु प¥यो । तपाईँहरु धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै । अलिअलि पढदापददै हामी पनि बुझ्छौं । तपाईँहरुले कसलाई कसरी सर्पोट गर्नु भएको छ, त्यो हामी पनि बुझ्दछौं । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुनेगरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसावले सहयोग गरिदिनु प¥यो । दोस्रो, एउटा समाचार माध्याम, जो छ साझेदारी गरिएको छ । उसैलाई स्पष्टिकरण सोधिराखेको छ, आयोगले । तपाईहरुलाई स्पष्टिकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि सूचना प्रशारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यामहरुले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताउनु भयो । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन मंसीर ४ गते आईताबार हुँदैछ ।