५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपतिलाई पीडितको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरणको माग गर्दे सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।

समितिले नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा प्रमाणीकरणमा भै रहेको ढिलाईबारे ध्यानकर्षण गराईएको छ । समितिले गत आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पनि छिटो प्रमाणीकरण गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको थियो ।

समितिका राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफी नेतृत्वको टोलीले उपराष्ट्रपति निबास हतिगृह लैनचौर निवास पुगेर उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र बुझाएको हाे  ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइसकेका छन्।