२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपतिलाई पीडितको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरणको माग गर्दे सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।

समितिले नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा प्रमाणीकरणमा भै रहेको ढिलाईबारे ध्यानकर्षण गराईएको छ । समितिले गत आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पनि छिटो प्रमाणीकरण गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको थियो ।

समितिका राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफी नेतृत्वको टोलीले उपराष्ट्रपति निबास हतिगृह लैनचौर निवास पुगेर उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र बुझाएको हाे  ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइसकेका छन्।