१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापनमा चरणबद्धरुपमा नयाँ नयाँ व्यवधान ल्याउने प्रयास भइरहेको छ– बालेन्द्र साह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गर्दै यसै क्रममा हिजो राति फोहर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “फोहर व्यवस्थापनप्रति हामी सुरुआतदेखि नै संवेदनशील र क्रियाशील छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।”

कानूनीरुपमा पनि फोहर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो भन्दै महानगर प्रमुख साहले कानूनबमोजिम अपराधीहरुलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट रहेको बताएका छन् । उनले भनेका छन्, “तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।”

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन भन्दै विभिन्न बहानामा फोहर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैलाई पनि नगर्न अनुरोध गरेका छन् ।