५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापनमा चरणबद्धरुपमा नयाँ नयाँ व्यवधान ल्याउने प्रयास भइरहेको छ– बालेन्द्र साह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गर्दै यसै क्रममा हिजो राति फोहर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “फोहर व्यवस्थापनप्रति हामी सुरुआतदेखि नै संवेदनशील र क्रियाशील छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।”

कानूनीरुपमा पनि फोहर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो भन्दै महानगर प्रमुख साहले कानूनबमोजिम अपराधीहरुलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट रहेको बताएका छन् । उनले भनेका छन्, “तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।”

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन भन्दै विभिन्न बहानामा फोहर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैलाई पनि नगर्न अनुरोध गरेका छन् ।