• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

माओवादी अध्यक्ष प्रचण्ड र नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइबीच भेटवार्ता



काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोक्योस्थित एलडीपी हेडक्वाटरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।