११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

निर्वाचन प्रयोजनका लागि एमालेले गरायो दल दर्ता

निर्वाचन प्रयोजनका लागि एमालेले गरायो दल दर्ता
अ अ+ अ-

नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।

संविधान र कानुनी व्यवस्था अनुसार आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रुपमा प्रवेश गरेको बताउनु भयो । त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भईसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो । हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरु दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था चाँही सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई । किनकी दलहरु एक पटक दर्ता भईसकेपछि पटक पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ । त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं । र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं ।’

निर्वाचन आयोगले आगामी मंसीर ४ गते आईतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही श्रावण ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । सोही अन्तरगत एमाले महासचिव पोखरेल, उपमहासचिवद्धय प्रदिप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराउनु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।