२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका ज्योतिष भन्नुहुन्छ: नागरिकता विधेयक अशुभ र निन्दनीय छ !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन बाँकी नागरिकता विधेयक अत्यन्तै अशुभ र निन्दनीय रहेको जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत नागरिकता विधेयक थोरै व्यक्तिलाई फाइदा र आम नेपालीहरुको मुटु पोल्ने गरी ल्याउन लागिएको उल्लेख गर्नुभएको छ

रिजालले भन्नुभएको छ “संसदवाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको उक्त विधेयक राष्ट्र र राष्ट्रियताको पक्षमा नभएको सर्वविदितै छ । राष्ट्रियतामाथि बाधा पुर्‍याउने कुनै पनि सम्झौता राष्ट्र प्रमुखले प्राप्त गर्ने अधिकार प्रयोग गरी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक रद्द गर्नुभयो भने सम्पूर्ण नेपाली तथा पशुपतिनाथको पूर्ण आशिर्वाद मिल्नेछ ।”

ज्योतिष रिजालले विसं २०७४ को निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भन्नुभएको थियो । त्यतिबेला नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ‘कांग्रेसबाट देउवा नै अन्तिम प्रधानमन्त्री’ बताउनुभएको थियो । विसं २०७४ को आम निर्वाचन गराउने तत्कालीन प्रधानमन्त्री देउवाले त्यसको भोलिपल्टै कैलालीमा ओलीको भनाइप्रति टिप्पणी गर्दै आफूलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने भनेको बताउनुभएको थियो ।

सो निर्वाचनमा चुनावी तालमेल गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले करिब दुई तिहाई मत हासिल गरेका थिए र एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि शत्तिशाली प्रधानमन्त्री बने पनि पछि पार्टी विभाजन भएपछि नेपाली कांग्रेसबाट देउवा पुनः प्रधानमन्त्री बन्नुभएको हो ।

ज्योतिषसम्बन्धी भविष्यवाणीमा ज्योतिष रिजाललाई अत्यन्त विश्वास गर्ने देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणा पनि उनकै सल्लाहमा गरेको बताइएको छ ।