५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेबाट विद्युतीकरण अन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको हो ।

यो परियोजना नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हेर्दै आएको छ । दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । परियोजनाका इञ्जिनीयर बिनोद सापकोटाका अनुसार डलरमा बोलपत्र भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु दुई अर्ब ५० करोड हाराहारी हुन आउँछ । यो रकम भरतपुर र पोखरामा आधा–आधा खर्च हुने छ । उहाँले भन्नुभयो “विभिन्न निकायसँग समन्वय गरेर कामअघि बढाउन महानगरले अगुवाइ गरेका कारण काम छिटो सुरु गर्ने अवस्थामा पुगेका छौँ ।”

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोक देखि केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ् सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उहाँले जानकारी दिनुभयो ।

सन् २०२२ जनवरीबाट लागू हुनेगरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समसया हुने गरेको छ । यससँगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुने छ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीले विद्युत्का कारण भोगेका समस्या धेरै कम हुने र सुन्दर बन्ने बताउनुभयो । नेपाल टेलिकमसँग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाइ छ । यससँगै निजी क्षेत्रका तारसमेत भूमिगत गर्न सकिने गरी आयोजनाले काम गर्न लागेको छ ।