१० मंसिर २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत, चिनियाँ विदेशमन्त्रीसँग छन्दुमा वार्ता गर्ने हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा एनपीएलको टिकटदर सार्वजनिक धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी विदेश पलायनः बाध्यता कि रहर ?



अ+ अ-

काठमाडौं । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरु बताउँछन् । तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर यो बाहेक पनि धेरै राष्ट्रि खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ । विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ । नेपाली खेलकुदलाई नियालीरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यत्मक परिस्थित रहेको बताउनु हुन्छ । राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याउनु भयो । नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने बताउनु भयो । तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताउनु भयो । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नेका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेलविज्ञ राणाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन । सबै भन्दा महत्वपूर्ण विषय नेपाली खेलाडीलाइै पैसा मात्र हुने । उनीहरुका लागि बाँध्ने संयन्त्र राज्य स्तरबाट छैन । खेलाडीलाई सबै महिना व्यस्त बनाउने संयन्त्र राज्यस्तरबाट हुनसकेको छैन । नेपाली खेलाडी पैसाको मात्र लागि भन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन् । यस्ता खेलाडीहरु धेरै छन् । यस्तो वातावरण उपलब्ध नहुने अवस्था अहिले छ । जुन सेवा सुविधा अत्यावश्यक र न्यूनतम आवश्यकता हुन । यसको पछाडि राजनीति हावी हो । जतिसुकै राजनीति छैन भनेपनि खेलकुदमा निकै राजनीति हावी छ । तल्लो स्तरदेखि माथिल्लो तहसम्म राजनीति हावी छ । खेलकुदमा जीवन अपर्ण गरेको प्रोफेसनल मान्छेहरु खेल भन्दा टाढा छन् । उनीहरुले टुलुटुलु हेर्नुको विकल्प छैन । खेलाडी पलायनको खबरहरु दिन प्रतिनि सुनिरहनुपर्ने अवस्था छ । प्रोफेसनल मानिसहरु कुनै ठाउँमा छैनन् । नेतृत्वमा आउने मान्छे पनि प्रोफेसनल भएन, उसलाई साथ दिने मान्छे पनि राजनीति पछिबाट जोडिएको छ । विगतलाई हेर्दा कुनैपनि संघको कार्यक्रमको क्यालेन्डर निश्चित हुन्थ्यो । तोकिएको समयमा खेल हुन्थे । खेलाडीले मिहिनेत गर्थे, खेलाडी बाँधिन्थे । अहिले सबतिर अन्योल नै अन्योल छ ।’

राज्य स्तरबाट खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्एिको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ । नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताउनु भयो । विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उहाँको बुझाई छ । राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चिताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीलाई क्यालेन्डर अनुसार ब्यस्त बनाई राखिरहँदा उसको प्रदर्शन राम्रो हुन्छ । राम्रो प्रदर्शनको आधारमा उसलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिनुपर्छ । प्रशिक्षणका क्याम्प नियमित हुनुप¥यो । यस्तो अवस्था रह्यो भने जागिरकै लागि खेलाडी भौँतारिनु पर्दैन । अहिलेको अवस्थामा खेलाडीले विभिन्न माध्ययमबाट आर्थिक आर्जन गर्नसक्छ । निजी क्षेत्रबाट आयोजना हुन थालेका प्रतियोगिता सहभागी भएर वार्षिक ८÷१० लाख कमाउन सक्ने अवस्था अहिले खेलाडीलाई बनेको छ । विगतमा यस्तो थिए । भलै निजी क्षेत्रबाट गरिने यस्त प्रतियोगिता दीर्घकालिन नहोलान् तर खेलाडीलाई आर्थिक आर्जनको क्षेत्र बढेको छ । मुख्यतः राम्रो खेलाडी राज्यले पाउनका लागि ग्रासरुट लेभल राम्रो हुनुप¥यो । दीर्घकालिन योजनाहरु उच्च स्तरबाट आवश्यक छ । माथिल्लो तहमा बसेर मात्र पुग्दैन । ग्रास रुट लेभल बनाउनु पर्छ । संघीय ढाँचा अनुसार अहिले सबै प्रदेशमा खेलकुद परिषद् छ । उहाँहरुले ग्रासरुटलाई हेर्ने हो भने केन्द्र स्तरमा हेर्ने राष्ट्रिय खेलकुद परिषद् छ । तर त्यसका लागि निति आवश्यक छ । त्यसका लागि माथिल्लो तहले योजना बनाउन आवश्यक छ । यसो गर्दा विदेश पलायन हुने खेलाडी रोकिन्छ ।’

नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन् । भविष्यको प्रत्याभुति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन । र यो क्रम बढ्ने क्रममा रहेको हो । करातेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाउनुभएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताउनु भयो । नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट बाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँघका अध्यक्ष समेत रहनुभएका दीपक श्रेष्ठले बताउनु भयो । राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्नसकिने पूर्व खेलाडी श्रेष्ठ बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, ‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्यबाट निमार्ण गर्नुपर्छ । विगतमा राम्रो नतिजा ल्याउने खेलाडीलाई जागिरको व्यवस्था हुन्थ्यो र हामी अहिले यो अवस्थाम छौं । तर अहिले फरक छ । पहिलो खेलकुद अगाडि बढेको थियो । आठौं साफ अघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो । आफू भिजेको खेलमा जोडिन पाउँदा भविष्य निश्चित थियो । तर १२ औं साफपछि त्यो अवस्था रहेन । अहिलेका खेलाडीले खेलेर के पाउने त ? भोलि व्यवहारिक अवस्थामा जानुपर्ने हुन्छ । उर्वर समय व्यतित गरेपछि भविष्यको अन्योलताले खेलाडी पलायन भइरहेका छन् । नयाँ खेलाडी आपूmले चाहेको देशमा जानका लागि खेलकुदलाई माध्यम बनाइरहेको अवस्था छ । यसलाई न्यूनिकरण गर्न राज्य स्तरबाट खेलाडी रोक्ने योजनाहरु आवश्यक छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।