७ पुष २०८२, सोमबार
,
Latest
चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति खाल्डोमा पुरिएर एक जनाको मृत्यु निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा हुनु भएको छ । मानब तस्कारीको आरोपमा पक्राउ पर्नुभएका अधिकारी बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेपछि उहाँ रिहा हुनु भएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए ।

मुद्दा दायर भएकाहरूमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम छन् । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीको हकमा भने संलग्नता पुष्टि हुन नसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ ।

अधिकारीले जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको, प्रहरीका डिआइजीलाई खबर गरेको देखिएको, जापानबाट तीन जना प्रतिवादीविरूद्धको पत्र प्राप्त भएको देखिएको अर्यालले बताए ।

अधिकारी गत कात्तिक २६ गते पक्राउ परेका थिए ।