१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा हुनु भएको छ । मानब तस्कारीको आरोपमा पक्राउ पर्नुभएका अधिकारी बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेपछि उहाँ रिहा हुनु भएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए ।

मुद्दा दायर भएकाहरूमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतम छन् । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीको हकमा भने संलग्नता पुष्टि हुन नसकेकाले मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ ।

अधिकारीले जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिएको, प्रहरीका डिआइजीलाई खबर गरेको देखिएको, जापानबाट तीन जना प्रतिवादीविरूद्धको पत्र प्राप्त भएको देखिएको अर्यालले बताए ।

अधिकारी गत कात्तिक २६ गते पक्राउ परेका थिए ।