२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको टिकटदर सार्वजनिक



अ+ अ-

काठमाडौँ । यही मंसिर १५ गतेदेखि हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका लागि आज सोमबार राति ८ बजेदेखि टिकट बिक्री शुरू गरेको हो । एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

क्यानले उद्घाटन खेल, प्लेअफ र फाइनल खेलका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ । सामान्यतया टिकटको मूल्य ३०० देखि १००० सम्म छ भने सिजनल पासमा १० प्रतिशत छुट प्रदान गरिएको छ ।

उद्घाटन खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ७०० निर्धारण गरिएको छ भने प्लेअफ र फाइनलबाहेकका अन्य खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रूपैयाँ निर्धारण गरिएको छ ।

प्लेअफका खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ ७०० तथा फाइनल खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ १०० निर्धारण गरिएको छ।

सिजनल पासतर्फ साधारणको ४ हजार ४८० र भीआईपीको ८ हजार २४० रूपैयाँ तोकिएको छ ।

टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ ।