११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

गठबन्धन गरेर आउनेलाई जनताले हराउनैपर्छः दिक्षित

गठबन्धन गरेर आउनेलाई जनताले हराउनैपर्छः दिक्षित
अ अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालको रोग भनेको नै भ्रष्टाचार भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए । उनले भने,‘नेपाली भूमि आजको होईन । यो त पूण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरि अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ ।’

दिक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए । उनले भने,‘पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ ।’

उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरुमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुे गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि, यिनीहरु प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनैपनि हालतमा जिताउनुहुँदैन् । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाा छैन् ।’

उनले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने जिकिर गरे । उनले भने,‘यो अब अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ । अहिलेका नेताहरुले नै देशलाई यस्तो अवस्थामा पुर्याएका छन् ।’

उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । उनले भने,‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’

दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे । माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरेका छन् । उनले भने,‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुई जिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरुले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होईन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरु प्हिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।’

मुलुकमा लोकतन्त्र बचाउन र अर्को कू नगराउने हो भने कुनैपनि हालतमा गठबन्धनबाट आउनेहरुलाई जिताउन नहुने उनको तर्क छ । उनले भने,‘यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँड गरेर आउ, मेरो आपत्ति छैन् । हामीले चाहेको संघीयता यस्तो होईन ।’ उनले देश खत्तम पार्ने नेताहरुलाई भोट दिन नहुनेमा जोड दिए ।