२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी नदीले धार परिबतर्नन गरेपछि… फोटो फिचर



अ+ अ-

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा धेरै स्थानीय बासिन्दाहरू विस्थापित भएका छन् ।

बाढी पीडितहरु यतिबेला नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको छ ।उनीहरुलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको व्यवस्था बिभिन्न संघ संस्थाहरुले गरिरहेका छन् ।

सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

यसैबीच मानवीय र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्वयंसेवी संस्था भोलेन्टियर कर्प्स नेपाल (भिसिएन)ले बाढी पीडितलाई उनीहरुकै घरदैलोमा पुगेर राहत बाँडेको छ । बाढीका कारण धेरै स्थानीय बासिन्दाको घरबास नै उठिबास लागेको छ ।

भिसिएनले सामाजिक उत्तरदायित्वलाई महसुस गरी बाढी प्रभावित क्षेत्रमा राहतका कार्यलाई अघि बढाएको संस्थाका अध्यक्ष दीपक चापागाईले जानकारी दिनुभयो ।

तस्वीर- राधा मताङ्गी