९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा



अ+ अ-

बैतडी । बैतडी र दार्चुलाको व्यापारिक  क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ ।  बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो । 

सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिनुभयो ।

विगतमा डिलासैनी गाउँपालिका–५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नं ६ चमेलिया मोटरेबल पुल नजिक सारिएको छ । सोही स्थानबाट एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकको सेवालाई ध्यानमा राखेर शाखा सारिएको र एटिएम सञ्चालन गरिएको हो । 

एटिएम सेवा सञ्चालनमा आएपछि बैंकमा चेक लगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताउनुभयो । बनाएको एटिम कार्ड पनि प्रयोगविहीन भएको थियो । उहाँले भन्नुभयो, “अब एटिएम कार्ड पनि प्रयोगमा आयो, लाइन लाग्नुपर्ने बाध्यता पनि हट्यो, खुसी छौँ ।” (रासस)