• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिँदै सीके राउत



जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । सोही क्षेत्रबाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गर्ने घोषणा गरे लगत्तै जनमत पार्टीले केन्द्रीय कमिटी बैठक बसेको थियो ।

स्थानिय तहको निर्वाचनमा भने जनमत पार्टीले सप्तरीबाट दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिकाबाट जितेको थियो।