१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप १९ हजार कोरोना सङ्क्रमित



फाईल फोटो
अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो ।
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।